चुरे गाउँपालिकामा आर्थिक अनियमितताको आशंका, छानबिनका लागि कागजात माग 

प्रमुख प्रशासकीय अधिकृत बोगटी बिरुद्ध मिलेमतो गराएको आरोप

अत्तरिया- कैलालीको चुरे गाउँपालिकामा आर्थिक अनियमितता भएको भन्ने उजुरीका आधारमा सम्बन्धित कार्यालयलाई औपचारिक पत्र पठाई विभिन्न योजना तथा खरिद प्रक्रिया सम्बन्धी कागजातहरू १५ दिनभित्र बुझाउन निर्देशन दिइएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेज बहादुर बोगटीले आर्थिक वर्ष २०८१/०८२ मा भागरथी निर्माण सेवासँग मिलेमतो गरी करिब ५९ लाख रुपैयाँ बराबरको योजना कोटेशन प्रणालीमार्फत स्वीकृत गरी कार्यान्वयन गराएको, कम्प्युटर, ल्यापटप तथा फर्निचर खरिदमा बिल हेरफेर गरी रकम हिनामिना गरेको, साथै अलाड–अम्सेडा–चटकपुर सडकको DPR पुनः नयाँ कन्सल्टेन्सीसँग मिलेमतोमा गराएको लगायतका गम्भीर आरोपहरू उजुरीमा उल्लेख छन्।

Navadurga sun

त्यस्तै, गाउँपालिकाले खरिद गरेको JCB को खरिद प्रक्रिया पनि बजार मूल्यभन्दा बढी मूल्यमा खरिद गरिएको भन्ने आरोप लागेका छन्। छानबिनको लागि सरोकारवाला कार्यालयले सम्बन्धित विषयमा स्पष्ट प्रतिक्रिया सहित निम्न कागजातहरूको प्रमाणित प्रतिलिपि माग गरेको छ ।

अक्तियारले माग गरेका कागजातहरु निम्न रहेका छन्ः 

– आ.व.२०८१/०८२ मा चुरे गाउँपालिकाबाट भागरथी निर्माण सेवा मार्फत कार्यान्वयन गरिएका योजना तथा कार्यक्रम तथा उक्त निर्माण सेवालाई भुक्तानी गरिएको रकम सम्बन्धि विवरण ।

– आ.व.२०८१/०८२ मा कम्प्युटर, ल्यापटप तथा फर्निचर खरिदको स्वीकृत बजेट, लागत अनुमान, Technical Specification, खरिद प्रक्रियासंग सम्बन्धित कागजात, सम्झौता, ‘कार्यदिश, निरीक्षण प्रतिवेदन, दाखिला प्रतिवेदन, भुक्तानी गोश्वारा भौचर ।

– अलाड-अम्सेडा-चटकपुर सडकको DPR को स्वीकृत बजेट, लागत अनुमान, खरिद प्रक्रियासंग सम्बन्धित कागजात, सम्झौता, कार्यदिश, दाखिला प्रतिवेदन, DPR प्रतिवेदन, भुक्तानी गोश्वारा भौचर ।

– JCB खरिदको स्वीकृत बजेट, लागत अनुमान, Technical Specification, खरिद प्रक्रियासंग सम्बन्धित कागजात, सम्झौता, कार्यदिश, निरीक्षण प्रतिवेदन, दाखिला प्रतिवेदन, भुक्तानी गोश्वारा भौचर ।

यस उजुरीलाई लिएर स्थानीय तहमा चासो बढिरहेको छ भने सरोकारवालाहरूले पारदर्शिता र जवाफदेहिताको माग गर्दै छानबिन प्रक्रियालाई प्रभावकारी बनाउन जोड दिएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...