नेकपा (एस) कञ्चनपुरले नेताहरुको जिम्मेवारी तोक्यो

कञ्चनपुर, २६ भदौ- नेकपा (एकिकृत समाजवादी) कञ्चनपुरको पहिलो बैठक सम्पन्न भएको छ। नेकपा एमाले हुँदा नेपाल पक्षले बनाएको समानान्तर कमिटी स्वतस् नेकपा एकिकृत समाजवादी पार्टीमा परिणत भएको नेताहरुले बताएका छन ।

Dadeldhura hospital

तारालामा तामाङ अध्यक्ष रहेको कमिटी समाजबादीमा परिणत भएको हो । बैठकले नेकपा समाजवादीका उपाध्यक्ष जिवनराज थापालाई जिल्लाका तीनै निर्वाचन क्षेत्रको संयोजनको जिम्मेबारी दिएको छ। क्षेत्र १ मा प्रदेश सभा सदस्य कुलबिर चौधरी, २ मा समाजिक विकासमन्त्री समेत रहेका प्रदेश सभा सदस्य लाल बहादुर खडका, ३ मा पुर्वराज्यमन्त्री समेत रहेका प्रकाश रावललाई संयोजक को जिम्मेबारी दिइएको छ।

Navadurga sun
Godawari sandesh

युवा र विद्यार्थीको सचिव रण बहादुर महरा र उपसचिव रविन्द्र कुँवरलाई संयोजनको जिम्मेबारी दिईएको छ।पालिका स्तरमा समेत संयोजनको जिम्मेबारी तोकेको छ। जस अनुसार बेलडाँडीमा बिर बहादुर विष्ट, बेलौरीमा लाल बहादुर खडका र हिरामान श्रेष्ठ, पुर्नवासमा स्थिर प्रशाद घिमिरे, कृष्णपुरमा सुरेन्द्र बम, शुक्लाफाँटामा रन बहादुर सुनार, बेदकोटमा सुरेन्द्र केसी, भीमदत्त नगरमा प्रताव तिरुवालाई जिम्मेबारी दिईएको छ ।

Loading...