


धनगढी- धनगढीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।



धनगढी उपमहानगरपालिका–१३ मोहनपुरस्थित धनगढी–अत्तरिया सडकखण्डमा आइतबार बिहान साढे ६ बजे अत्तरियातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०१२ प ४६४८ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटर चालक धनगढी–७ मनेहरा बस्ने ३५ वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए ।


उनका अनुसार स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकिँदा दुर्घटना भएको हो। दुर्घटनामा घाईते भएका चौधरीलाई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी लगिएको थियो ।
तर चिकित्सकले उनलाई मृत घोषण गरेको सिंहले जानकारी दिए । उनका अनुसार स्कुटर पछाडि सवार धनगढी–१२ बस्ने ३२ वर्षीया सिता कुश्मी घाइते भएकी छन् । उनको पनि माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।





