अत्तरिया- कैलालीको चुरे गाउँपालिका वडा नं. ६ मा एकल तथा अति विपन्न महिलालाई बाख्रा वितरण गरिएको छ । वडाकाे आर्थिक वर्ष २०८१/०८२ को महिला आय आर्जन कार्यक्रम अन्तर्गत चुरे गाउँपालिका वडा नं. ६ मा एकल महिला र अति विपन्न महिलाहरूलाई बाख्रा वितरण गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा महिला सञ्जालले वितरण गरेको हाे ।



बाख्रा वितरण कार्यक्रमले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने र उनीहरूको जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्य लिइएको छ । कार्यक्रममा स्थानीयस्तरमा पहिचान गरिएका एकल तथा अति विपन्न महिलाहरूलाई लक्षित गरी बाख्रा वितरण गरिएको हो ।


बाख्रा वितरण कार्यक्रममा वडाध्यक्ष सहित स्थानीय जनप्रतिनिधि, महिला सञ्जालका प्रतिनिधि तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।





