कृष्णपुर उपमेयर महिला भलिबल प्रतियोगिता अन्तिम चरणमा

अत्तरिया- कञ्चनपुरकाे कृष्णपुर नगरपालिकामा जारी दोस्रो कृष्णपुर मेयर कप फुटबल प्रतियोगिता २०८२ अन्तिम चरणमा पुगेको छ। पुरुषतर्फको फुटबल प्रतियोगिता तथा महिलालाई लक्षित गरी सञ्चालन गरिएको उपमेयर कप महिला भलिबल प्रतियोगिता दुवै उत्साहजनक रूपमा अगाडि बढिरहेका छन्।

Ganyapdhura gau

महिला भलिबल प्रतियोगिता अन्तर्गत, जेठ १७ गतेदेखि सञ्चालनमा आएको प्रतियोगिताको सेमिफाइनल चरण हालै सम्पन्न भएको छ। कृष्णपुर नगरपालिका वडा नम्बर २ मा सम्पन्न सेमिफाइनल खेलबाट वडा नम्बर ८ र वडा नम्बर १ फाइनलमा प्रवेश गरेका छन्। दुवै टिम अत्यन्त प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्दै फाइनलमा पुगेका हुन्।

Navadurga sun

आगामी आइतबार हुने फाइनल खेलको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ। उक्त खेलमार्फत प्रतियोगिताको उपाधि विजेता टिमलाई प्रदान गरिनेछ, जसले पहिलोपटक “कृष्णपुर महिला उपमेयर कप भलिबल” उपाधि उचाल्ने मौका पाउनेछ। विशेष रूपमा, यो उपाधि वडा नम्बर ८ वा वडा नम्बर १ का लागि ऐतिहासिक हुने अपेक्षा गरिएको छ।

Dadhaldhura pur

आयोजक समितिका अनुसार, प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएपछि यो प्रतियोगिता नियमित रूपमा हरेक वर्ष आयोजना गरिनेछ। नगर प्रमुख हेमराज ओझाले यस्तो किसिमका खेलकुद गतिविधिहरूले युवाहरूमाझ बढ्दो लागू औषधको प्रयोग, बेरोजगारी, तथा अन्य सामाजिक विकृतिहरूको समाधानमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

उनका अनुसार, खेलकुदको माध्यमबाट स्थानीय तहमा प्रतिभाशाली खेलाडीहरूको पहिचान र विकास गर्न सकिनेछ। यसले नगरको सान बढाउनुका साथै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडी उत्पादन गर्ने सम्भावना पनि रहेको छ।

“महिला भलिबल र पुरुष फुटबल प्रतियोगिताको माध्यमबाट हामी कृष्णपुर नगरलाई खेलकुदमैत्री नगरको रूपमा स्थापित गर्ने दिशामा अगाडि बढिरहेका छौं,” नगरप्रमुख ओझाले भने।

यस प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट टिम संयोजन, उत्कृष्ट सर्भिस, ब्लकर, स्म्यासर लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिने कार्यक्रम पनि रहेको छ। प्रतियोगिताको समापन समारोहमा स्थानिय जनप्रतिनिधि, विशिष्ट अतिथि, खेलप्रेमी र नागरिकको उपस्थिति रहने अपेक्षा गरिएको छ।

कृष्णपुर नगरपालिकाले युवा परिचालन र महिला सशक्तिकरणलाई प्राथमिकतामा राख्दै खेलकुद क्षेत्रको प्रवर्द्धनमा अगाडि बढेको यो पहलले स्थानीय स्तरमा सकारात्मक उदाहरण पेश गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...