अमेरिकामा रहेका नेपालीको टीपीएस सुविधा खारेज, स्वदेश फर्किन दबाब

संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ । योसँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै आएका करिब ७ हजार नेपालीले स्वदेश फर्किनुपर्ने भएको छ ।

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटीले नेपालको अहिलेको अवस्थाबारे समीक्षा र अन्यसरकारी निकायबीच परामर्शपछि टीपीएस खारेज गर्ने निर्णय भएको यूएस सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिसको वेवसाइटमा उल्लेख छ ।

Navadurga sun

‘डिपार्टमेन्ट अफ होमल्याण्डका सचिव क्रिस्टी नोएमले नेपालमा अब टीपीएसको कानुनी निष्कर्ष पूरा नहुने निष्कर्ष निकालेकी छन्’,सूचनामा भनिएको छ । नेपालका लागि टीपीएसको मान्यता ५ अगस्ट २०२५ को राति ११ः५९ बजे अन्त्य हुने भनिएको छ । अर्थात्, टीपीएस मान्यतामा अमेरिकामा बसेका नेपालीले त्यसअघि नै स्वदेश फर्किनुपर्नेछ

‘यदी तपाईं टीपीएस स्टाटसमा अमेरिका बसिरहनु भएको छ र यहाँ बस्ने अन्य वैधानिक आधार नभए नेपाल फर्किन तयार हुनुस्’, सूचनाम ाभनिएको छ, ‘अमेरिका छाड्ने मनसायभ एमा तपाईं सीबीपी मोबाइल एप पनि प्रयोग गर्न सक्नुपर्छ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अघिल्लो कार्यकालमा समेत नेपाललाई टीपीएस खारेज गर्ने प्रक्रिया अघि बढेको थियो । त्यसबेला १२ महिनाभित्र नेपाल फर्किन समय सीमा तोकिएको थियो ।

नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्पलाई कारण देखाउँदै अमेरिकी सरकारले त्यसबेला विना कागजात बसेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो । त्यसबेला झण्डै १५ हजार नेपाली नागरिकले टीपीएस सुविधा लिएको बताइन्थ्यो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अहिले अवैध रुपमा बसोबास गरिरहेकाहरुप्रति कडा नीति लिइरहेका बेला नेपाली नागरिकहरु पनि यसमा परेका छन् । र, टीपीएसका आधारमा बस्दै आएका थप नेपाली समेत फर्काइने भएका छन् ।

यसअघि अमेरिकाले विमान नै चार्टर्ड गरेर समेत केही नेपालीलाई स्वदेश फर्काइसकेको छ । उनीहरु अवैध बाटोबाट अमेरिकासम्म पुगेका थिए ।

के हो टीपीएस ?

अमेरिकाको आप्रवासन प्रणाली अन्तरगत विशेष परिस्थितिमा दिइने सुविधा हो टीपीएस । यो सुविधा पाएका निश्चित देशका नागरिकहरुलाई अस्थायी रूपमा अमेरिकामा बस्न, काम गर्न र कहिलेकाहीँ अन्तरदेशीय यात्रा गर्न समेत अनुमति प्राप्त हुन्छ ।

यो सुविधालाई अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटी (डीएचएस) अन्तरगत रहेको अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले व्यवस्थापन गर्छ ।

यसको वेवसाइटमा उल्लेख भएअनुसार, यो सुविधा त्यस्ता देशका नागरिकहरुलाई दिइन्छ, जहाँ आन्तरिक वा बाह्य युद्ध, प्राकृतिक विपद् वा अन्य किसिमका गम्भीर मानवीय संकट आइपरेको छ । र, त्यहाँ उनीहरुको सामान्य जीवन सम्भव छैन । त्यहाँ उनीहरुलाई सुरक्षाको जोखिम छ ।

यो सुविधा पाएका व्यक्तिहरुलाई अमेरिकी भूमिबाट निष्कासन गरिँदैन भने उनीहरूलाई वैध रूपमा काम गर्ने अनुमति पनि दिइन्छ । यद्यपि, यो स्थायी बसोबासको सुविधा भने होइन । यसबारे लेखिएको सूचनामा नै निश्चित अवधि समाप्त भएपछि सम्बन्धित व्यक्ति अमेरिकामा बस्न योग्य नभए फर्किनुपर्ने भनिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...