धनगढी उपमहानगरपालिकाले निःशुल्क बस सेवा सञ्चालन गर्ने

धनगढी- धनगढी उपमहानगरपालिकाले गङ्गादशहरामा लाग्ने बेहडाबाबा मेलाका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । मेला भर्न जाने सर्वसाधारणको सुविधाका लागि निःशुल्क बस सेवा सञ्चालन गरिन लागेको हो ।

धनगढी -१६ मा रहेको बेहडाबाबा मेलाको भोलि जेष्ठ २२ गते मुख्य दिन हो । मन्दिर दर्शन गर्न जाने सर्वसाधारणलाई सुविधा होस् भनेर नि:शुल्क बस सेवा सञ्चालन गरिने नगर प्रमुख गोपाल हमालले बताए ।

Navadurga sun

उनले यात्रुको सुविधाका लागि धनगढी -१७ शिवगङ्गा नदिदेखि बेहडाबाबा मन्दिरसम्म बुधवार राति १२ बजेदेखि बिहीवार साँझसम्म तीर्थालु भक्तजनहरूको सहजताका लागि निःशुल्क बस सञ्चालन गरिने बताए ।

बेहडाबाबा मन्दिर जाने सडक साँघुरो भएकाले यात्रुहरू जाममा पर्ने समस्या समाधान गर्न निःशुल्क बस सेवा प्रदान गर्ने नगर प्रमुख हमालले बताए। नगर बसबाट सर्वसाधारणलाई निःशुल्क बस सेवा दिइने नगर प्रमुख हमालले भिडियो सन्देशमार्फत जानकारी दिएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...