अत्तरिया- सुदूरपश्चिम प्रदेशमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।






भारतसँग जोडिएको गौरीफन्टा नाकामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।





भारतबाट फर्किने ३६ जनाको परीक्षण गरिएकोमा तीन जनामा संक्रमण पुष्टि भएको हो ।
भारतमा कोरोनाको नयाँ संक्रमण देखिएका बेला त्यहाँबाट फर्किनेहरूमा समेत संक्रमण देखिन थालेको हो ।




