


धनगढी- धनगढी छ लेन सडकको बोराडाँडी चोकमा साइकील यात्रीलाई बचाउने क्रममा तरकारी बोकेको रा १ च १२९८ नम्बरको बोलेरो जिप दुर्घटना भएको प्रहरीले बताएको छ ।


दाङको घोराही ७ बस्ने २३ वर्षीय बिर बहादुर चौधरीले चलाएको जिप आज बिहान दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

