सुदूरपश्चिमका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाण्डौ । आज कोशी, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी थोरै ठाउँमा पानी पर्ने सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी थोरै तथा बाँकी अरु भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Dadeldhura hospital

मौसमविद् डेभिड ढकालका अनुसार आज ठूलो पानी पर्ने सम्भावना छैन । बिहान गण्डकी प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा भएको छ ।

Navadurga sun
Godawari sandesh

देशका उच्च पहाडी तथा हिमाली थोरै ठाउँमा आज हल्का वर्षा र हिमपातको सम्भावना छ । काठमाण्डौ उपत्यकामा अहिले बादल लागेको छ । काठमाण्डौ उपत्यकामा दिउँसोपछि छिटपुट पानी पर्न सक्ने अनुमान छ ।

यस वर्ष गएको बिहीवार रातिदेखि नेपालमा मनसुन प्रवेश गरेको थियो । तर मनसुन कोशी प्रदेशमै रोकिएको छ । मनसुन पश्चिमतर्फ सर्न अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।

Loading...