

अत्तरिया- चर्चित माेडल अनु खड्काको अभिनयमा “सुर्मा उग्रतारा” देउडा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

साहित्यकार प्रकाश पैतोलाको शब्द तथा गोबिन्द पन्तको लय सिर्जनामा रहेको उक्त गीतमा गाेविन्द पन्त र भुवी बिस्ट को स्वर रहेको छ । भने गीतकाे म्युजिक भिडियाे रमेश बिजुली बिसि युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
म्युजिक भिडियोमा खड्कालाई भाेजराज जाेशी (क्वालिटी) लगायतका कलाकारले अभिनयमा साथ दिएका छन् । पेशाले स्टाफ नर्स समेत रहेकी अनु खड्का म्युजिक भिडियो संगै पछिल्लो समय सुदूरपश्चिममा लाग्ने मेला महोत्सव मा पनि व्यस्त रहेकी छन ।