

बैतडी- बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेब बडूका अनुसार भीरबाट लडेर दशरथचन्द नगरपालिका–६ टाककी ७० वर्षीया धनपती नाथको मृत्यु भएको हो ।
घर नजिकैको जङ्गलमा घाँस काट्न गएकी नाथ शनिवार लडेर गम्भीर घाइते भएकी थिइन् । उनको जिल्ला अस्पतालमा उपचारका क्रममा सोही दिन नै मृत्यु भएको प्रवक्ता बडूले बताए ।