चुरे गाउँपालिकामा शिक्षक सरुवाको सूचीप्रति आपत्ति, ज्ञापनपत्र बुझाउने तयारी

अत्तरिया- चुरे शिक्षक संघर्ष समिति घरखेडा, कैलालीले चुरे गाउँपालिकाको शिक्षा समितिले तयार पारेको शिक्षक सरुवाको सूचीप्रति विभिन्न शिक्षक संगठन तथा राजनीतिक प्रतिनिधिहरूले गम्भीर आपत्ति जनाएका छन्।

Ganyapdhura gau

शिक्षकहरूका अनुसार सरुवा प्रक्रिया संघीय शिक्षा ऐन र सरुवा सम्बन्धी नियमावली विपरीत गरिएको छ भने सूचीमा राजनीतिक पूर्वाग्रह झल्किएको आरोप लगाइएको छ।

Navadurga sun

शिक्षा समितिले मिति २०८२ जेठ ६ गते बसेको बैठकबाट स्थायी, अस्थायी र राहत शिक्षकहरूको सरुवा प्रक्रिया अघि बढाउने निर्णय गर्दै प्रारम्भिक सूची तयार पारेको थियो। तर सो सूचीमा सरुवा फाराम नभरिएका शिक्षकहरूलाई समेत समावेश गरिएको र सरुवा प्रक्रियामा पारदर्शिता नदेखिएको भन्दै शिक्षकमाझ असन्तोष चुलिएको छ।

Dadhaldhura pur

शिक्षकहरूले सरुवा फाराम नभरिएका शिक्षकहरूको नाम जबरजस्ती सूचीमा राखिएको, राजनीतिक आस्थाका आधारमा सूची तयार गरिएको,संघीय शिक्षा ऐनको मर्म र प्रक्रिया उल्लंघन गरिएको आरोप लगाएका छन् ।

नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच यही वर्षको असार १५ गतेभित्र नयाँ शिक्षा ऐन ल्याउने सहमति भइसकेको अवस्थामा यस्तो हतारोमा गरिएको सरुवा प्रक्रिया शिक्षाको गुणस्तरमै असर पार्ने शिक्षकमहासंघको ठहर छ।

यही असन्तोषका बीच सर्वपक्षीय छलफलबाट २०८२ जेठ १८ गते चुरे गाउँपालिकामा ज्ञापनपत्र बुझाउने निर्णय गरिएको छ। यदि उक्त ज्ञापनमा सुनुवाइ भएन भने, शिक्षकहरू एकीकृत रूपमा संसक्त आन्दोलनमा जाने चेतावनी दिइएको छ।

शिक्षक संगठनहरूका अनुसार, शिक्षकहरूको इच्छा विपरित गरिएको सरुवाले उनीहरूको मनोबल गिराउनेछ, जसले शिक्षण प्रक्रियामा प्रत्यक्ष असर पार्नेछ। एकीकृत अखिल नेपाल शिक्षक संगठनले पनि उक्त आन्दोलनमा ऐक्यबद्धता जनाएको छ।

स्थानीय जनप्रतिनिधिहरूलाई समेत उक्त विषयमा ध्यानाकर्षण गराउँदै, निर्णय सच्याउन दबाब दिने तयारी भएको जनाइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...