

अत्तरिया- कैलालीको अत्तरियाबाट अन्दाजी १७ लाख १० हजार मूल्यको अवैध कपडा बरामद गरिएको छ ।

शनिबार महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुप प्र ०२००१ ख १३४५ नम्बरको बसबाट अन्दाजी १७ लाख मूल्य बराबरका नौ कट्टा कपडा बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रण बहादुर चन्दले बताएका छन् ।
बसमा फल्स बटम बनाएर अवैध सामान ओहोरदोहोर गर्ने बस धनी बैतडीको पुर्चौडीका नविन कुँवरलाई पनि नियन्त्रणमा लिइएको उनले बताएका छन् ।