

अत्तरिया- कैलालीमा रोकिराखेको स्कुटरलाई मोटरसाइकलले ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।
आज (शनीबार) दिउँसो गोदावरी नगरपालिका- ४ बसन्तपुर चोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सुप प्र ०१०१२ प ९५४७ नम्बरको मोटरसाइकले र रोकिराखेको सु प प्र ०१०१३ प ४४३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा तीन जना घाइते भएका हुन् ।

दुर्घटनामा परि मोटरसाइलमा सवार दुवै जना गम्भीर घाइते भएका छन् । त्यस्तै स्कुटर चालक गोदावरी ४ का ३७ वर्षीय राम बहादुर चौधरी सामान्य घाइते भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।
मोटरसाइकलमा सवार दुवै जनाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । दुबै सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेको छ ।
घाइतेहरुको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।