कृष्णापुरमा सुरु हुँदै दोस्रो मेयर कप फुटबल र पहिलो उपमेयर कप भलिबल प्रतियोगिता

“खेलकुद हाम्रो पालिकाको मात्र नभई सिङ्गो देशको पहिचान हो,” : नगरप्रमुख ओझा

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा यही जेठ १७ गतेदेखि दोस्रो मेयर कप फुटबल प्रतियोगिता २०८२ तथा पहिलो उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु हुने भएको छ । ‘हाम्रो सामूहिक गोल लागू औषध विरुद्धको खेल’ भन्ने मूल नारासहित आयोजना हुने उक्त प्रतियोगितामा प्रत्येक वडाबाट टिमको सहभागिता रहनेछ ।

Ganyapdhura gau

प्रतियोगिता सिङ्गापुर सामुदायिक वन उपभोक्ता समूहको खेलमैदानमा सञ्चालन हुनेछ । प्रतियोगिताको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख हेमराज ओझाले मेयर कप फुटबल र उपमेयर कप भलिबलको ट्रफी अनावरण गरेका थिए ।

Navadurga sun

खेल संयोजक खेमराज चौधरीका अनुसार, फुटबल तथा भलिबल दुवै खेलका विजेताले नगद रु. ५१,१५१ प्राप्त गर्नेछ भने उपविजेताले रु. ३१,१३१ प्राप्त गर्नेछन्। साथै, सान्त्वना पुरस्कारस्वरूप रु. ११,१११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

Dadhaldhura pur

कार्यक्रममा बोल्दै नगरप्रमुख ओझाले खेलकुदलाई नगरपालिका मात्र नभई राष्ट्रकै पहिचानको रूपमा लिनुपर्ने बताए । “खेलकुद युवालाई अनुशासनमा राख्ने, तन्दुरुस्ती बढाउने र समाजमा सकारात्मक परिवर्तन ल्याउने माध्यम हो,” उनले भने ।

उनले पछिल्लो समय युवायुवतीहरू लागू औषधजस्ता कुलतमा फसिरहेको अवस्थामा खेलकुद नै उनीहरूलाई सही मार्गमा डो-याउने सशक्त माध्यम भएको उल्लेख गरे । प्रतियोगिता सञ्चालनको क्रममा मौसम र आवश्यकतालाई ध्यानमा राखी समयतालिका तय गरिने र सबै खेलहरू तोकिएको समयमै सम्पन्न गरिने जानकारी आयोजकले दिएको छ ।

खेलाडीहरूको अनुशासन कायम राख्न विशेष नियमहरू लागू गरिनेछ। खेलाडीले गल्ती गरेमा रु. १५० जरिवाना तिर्नुपर्नेछ भने रातो कार्ड पाउने खेलाडीले अर्को खेल खेल्न नपाउने व्यवस्था गरिएको छ ।

‘कृष्णपुरको शान – खेलमार्फत महिला सशक्तिकरण’ भन्ने मूल मन्त्रका साथ सञ्चालन हुने प्रतियोगिताले महिलाहरूलाई खेलमा सहभागी गराई आत्मविश्वास र उत्साह बढाउने अपेक्षा गरिएको छ। खेल संयोजक चौधरीका अनुसार, सबै वडाबाट टिमहरूको सहभागिता भइसकेको छ ।

प्रतियोगिताको उद्देश्य स्थानीयस्तरमा खेल संस्कृतिको विकास, युवाहरूलाई सकारात्मक क्रियाकलापमा संलग्न गराउने, र समग्र समाजमा अनुशासन तथा पहिचानको भावना विकास गर्नु रहेको छ । साथै, नगरभित्रका जनप्रतिनिधि र कर्मचारीहरूबीच फुटबल पेनाल्टी सुट आउट खेल पनि सञ्चालन गरिने जानकारी दिइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...