सुरक्षित प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवालाई पुरस्कृत

धनगढी- कैलालीको गोदावरी नगरपालिका–१ मा सडकमा सुत्केरी व्यथाले छटपटाइरहेको अवस्थामा भेटिएकी महिलालाई सुरक्षित प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ ।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय कैलालीले बुधवार प्रहरी जवान चन्द्रिका देउवालाई प्रशंसा पत्र र रेकर्डमा जनिने गरि पुरस्कृत गरेको हो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेमा हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun

राणाले प्रहरी चौकी खैरानामा कार्यरत प्रहरी जवान देउवाले सडकमा छटपटिरहेको अवस्थामा गर्भवती महिलालाई सुरक्षित प्रसूति गराउन सघाएर सुरक्षित रूपमा अस्पतालसम्म पुगाएर उत्कृष्ट कार्य गरेकाले पुरस्कृत गरिएको बताए । 

देउवाले मंगलबार गोदावरी नगरपालिका–१ को बसन्तपुरमा सडकमा छटपटाइरहेको अवस्थामा भेटिएकी बझाङको थलारा गाउँपालिकाकी चन्द्रा आचार्यलाई प्रसूति हुन सघाएकी थिइन् । देउवाकै सहयोगमा उनलाई सुरक्षित रूपमा पद्मा अस्पताल पुगाएकी थिईन् । देउवालाई सम्मान गर्दै एसपी राणाले संगठनमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत र गलत गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताए ।

Loading...