कैलालीको गोदावरी–१ मा ४५ दिने व्युटिसियन अपग्रेड तालिम सुरु

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. १ मा आज (बिहीबार) देखि ४५ दिने व्युटिसियन अपग्रेड तालिम सुरु गरिएको छ । उक्त तालिम व्यवसायिक तथा सीप विकास तालिम केन्द्र धनगढी, कैलाली र गोदावरी नगरपालिका नगर कार्यपालिकाको कार्यालयको सहकार्यमा निःशुल्क रूपमा सञ्चालन गरिएको हो ।

तालिमको उद्‌घाटन गोदावरी नगरपालिका का नगर प्रवक्ता तथा वडा अध्यक्ष गोपाल दत्त भट्ट, रोजगार संयोजक रोहित जोशी, रक्षा फुलारा सँगै प्रशिक्षक कमला गुरुङ लगायत प्रशिक्षार्थीहरुको उपस्थितिमा तालिमको सुरुवात भएको छ ।

Navadurga sun

उक्त तालिम २०८२ साल जेठ १ गते देखि असार १५ गतेसम्म सञ्चालन हुनेछ, जस अन्तर्गत सहभागीहरूले ४५ दिने (२२५ कार्यघण्टा) तालिम प्राप्त गर्नेछन्।

तालिमको सञ्चालन गोदावरी नगरपालिकाको तर्फबाट गरिएको हो भने योजना व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, धनगढीले गरेको हो। प्रशिक्षक कमला गुरुङसहित विभिन्न विज्ञ व्यक्तिहरूको उपस्थिति तालिममा रहनेछ।

“आज सुरु भएको व्युटिसियन अपग्रेड तालिमले गोदावरी नगरपालिकामा रोजगारीको क्षेत्रमा नयाँ ढोका खोल्ने विश्वास लिएको छु। यस तालिममार्फत महिलाहरूले आत्मनिर्भर बन्ने, आफ्नै व्यवसाय सुरु गर्ने वा रोजगारी प्राप्त गर्ने अवसर पाउने जानकारी गोदावरी नगरपालिकाका रोजगार संयोजक रोहित जोशीले बताए ।

गोदावरी नगरपालिका रोजगार प्रवर्द्धनमा सक्रिय रूपमा लागेको छ । हामी सीपयुक्त जनशक्ति तयार पार्न प्रतिबद्ध छौं । सुदूरपश्चिम प्रदेश सरकार, सीप विकास तालिम केन्द्र, र नगर कार्यपालिका बीचको सहकार्यले यसरी प्रभावकारी तालिम सञ्चालन गर्न सम्भव भएको हो ।

वडा अध्यक्ष भट्टले उद्‌घाटन कार्यक्रममा बाेल्नुहुँदै यस तालिमले हाम्रो नगर क्षेत्रका महिलाहरूलाई आत्मनिर्भर र स्वरोजगार बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । व्यवसायिक सीपको विकास मार्फत रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य हामीले लिएका छौं । यस्ता तालिम निरन्तर सञ्चालन गरिनु पर्ने आवश्यकता छ, जसले सामाजिक तथा आर्थिक सशक्तिकरणमा टेवा पुर्‍याउँनमा मद्दत गर्ने उनले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...