कैलालीबाट भन्सार छलीका सामान बरामद

धनगढी । कैलालीको धनगढी र जोशीपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–३ बडरा, शिसा पोष्ट र जोशीपुर गाउँपालिका–४ बाणी झोलुङ्गे पुल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ५६ हजार २६० बराबरको सामान बरामद गरिएको हो।

भन्सार छलीको बिभिन्न किसिमका कपडा, टप्स, सिद्रा माछा, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...