कञ्चनपुरमा खैरो हेरोइनसहित एक पक्राउ

Dadeldhura hospital

कञ्चनपुर । कञ्चनपुरमा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–११ गडडाचौकी होल्डिङ सेन्टर ७ नम्बर पिल्लर स्थित म २ प १४३४ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा भीमदत्त नगरपालिका–२ बस्ने २४ वर्षीय समिर डगौरा खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

Ganyapdhura gau

डगौराको साथबाट ५.८१ ग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थ, मोटरसाइकल र उनलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट सयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Loading...