हरिश चन्द/डडेल्धुरा २८ बैशाख- सवारी दुर्घटना न्यूनिकरणका लागि डडेल्धुरामा रिफ्रेस सेन्टर स्थापना भएका छन् । डडेल्धुराका जिल्ला बाहिर जाने लामो तथा छोटो दुरीका सवारी साधान दुर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले रिफ्रेस सेन्टर स्थापना गरेको हो ।


भौगोलिक अवस्था र सडक साँघुरो भएका कारण सवारी चालकलाई बढि थकान लाग्ने र उक्त क्षेत्रमा धेरै पटक सवारी दुर्घटना हुने भएकाले भिमदत्त राजमार्ग अन्तर्गत स्याउले स्थित ट्राफिक प्रहरी कार्यालय सँगै रिफ्रेस सेन्टर स्थापना गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
आईतबार एक कार्यक्रमको आयोजना गरी सेन्टरको उद्घाटन सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले रिफ्रेस सेन्टरको उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक शुगन्ध श्रेष्ठले जिल्लामा हुने अधिकांश सवारी दुर्घटना चालकको लापरबाहीले हुने गरेका र लामो दूरीको यात्रामा चालकलाई आराम चाहिने भएकाले पनि रिफ्रेस सेन्टर लाई पहिलो प्राथमिकतामा राखी स्थापना गरेको जिल्ला प्रहरी कार्यालय नायव उपरीक्षक शुगन्ध श्रेष्ठले बताउनु भयो ।
चालक तथा यात्रुहरूलाई यात्राका क्रममा विश्राम दिने उद्देश्य सहित सुदूरपश्चिमका ७ पहाडी जिल्लाको केन्द्र स्याउलेमा ‘रिफ्रेस सेन्टर’ निर्माण गरिएको उहाँको भनाई छ ।