तीनै तहका सरकारको सम्बन्ध प्रगाढ बनाउनुपर्छ : मुख्यमन्त्री शाह

अत्तरिया- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले तीनतहको सम्बन्ध प्रगाढ बनाउनुपर्ने बताएका छन् । बिहिबार प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम प्रादेशिक इकाईले धनगढीमा आयोजना गरेको प्रदेश तथा स्थानीय तहबीच अन्तरसम्बन्ध सुदृढीकरण तथा वजेट सम्बन्धी छलफल कार्यक्रमको उदघाटन गर्दै उनले यस्तो बताएका हुन् ।

Dadeldhura hospital

“तीन तहको सरकारले एकअर्काको अस्तित्व स्विकार्ने वातावरण निर्माण गर्न आवश्यक छ” मुख्यमन्त्री शाहले भने,”अर्काको अस्तित्व स्विकार्ने वातावरण नहुँदा अवस्था जटिल बन्छ ।”

Navadurga sun
Godawari sandesh

उनले भने “बजेट निर्माणमा सधैँ हामीले त्रुटि गरिरहने र जनताले सधैँ गुनासो गरिरहने परिपाटीलाई पटक पटक दोहोर्याउने हो भने संघीय संरचनामा हामी उभिएको व्यर्थ हुनेछ ।” उनले भने “सही रुपमा परिचालन हुने हिसाबले बजेट निर्माण गर्नु पर्दछ ।” मुख्यमन्त्री शाहले ‌एकसाताको औपचारिक भारत भ्रमण फलदायी भएको जानकारी गराएका थिए ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन रानाले कार्यसूची प्रस्तुती सहित स्वागत मन्तव्य राखेको अन्तरक्रिया कार्यक्रममा विभागिय मन्त्रीहरु, विषयगत समिति सभापतिहरु, प्रदेशसभा सदस्य, मुख्यसचिब, विभागिय सचिवहरु र सुदूरपश्चिमका सबै पालिका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Loading...