सुदूरपश्चिमका एक–दुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । हाल देशको मौसममा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यसका साथै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ।

अहिले मधेस, बागमती, लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। बाँकी स्थानमा आंशिकदेखि पूर्णतया बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ।

Navadurga sun

बुधबार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।

बुधबार राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी प्रदेशलगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको हिमाली भू–भागका एक–दुई स्थानमा स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...