इलाका मालाखेतीका नयाँ डिएसपी चन्दको स्थानीयसँग परिचयात्मक कार्यक्रम

अत्तरिया- कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीमा हालै सरुवा भएर आएका डिएसपी रण बहादुर चन्दले मंगलबार स्थानीयहरुसँग परिचयात्मक कार्यक्रम सम्पन्न गरेका छन् ।

Dadeldhura hospital

प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रममा डिएसपी चन्दले आफूले आगामी दिनमा सञ्चालन गर्ने कार्ययोजनाका बारेमा जानकारी दिँदै सहभागीहरुसँग सुझावहरु समेत मागेका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun

कार्यक्रममा उपस्थित नागरिक अगुवा, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्था तथा सञ्चारकर्मीहरुले शान्ति सुरक्षा, लागू औषध नियन्त्रण, अवैध सामानमाथिको निगरानीलगायतका विषयहरूमा विशेष ध्यान दिन सुझाव दिएका थिए ।

कार्यक्रममा सहभागीहरुले यस अघि आएका प्रहरी प्रमुखहरुले पनि यस्ता समावेशी र संवादात्मक कार्यक्रम गर्दै आएको स्मरण गरे ।

Loading...