कैलालीमा मोटरसाइकललाई स्कारपियोले ठक्कर दिँदा एकको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकललाई स्कारपियोले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–७ चर्रा गणेशमान चोक स्थित हुलाकी सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ गईरहेको युपी–३१–एयु–७३२० नम्बरको भारतीय मोटरसाइकललाई बिपरीत दिशाबाट आईरहेको बिएबी ४५९२ नम्बरको स्कारपियो जिपले आइतवार ठक्कर दिँदा मोटरसाइकल चालक भजनी नगरपालिका–७ बस्ने २० वर्षीय कुल्दिप धोबीको मृत्यु भएको हो।

स्कारपियोको ठक्करबाट गम्भिर घाईते भएका उनको उपचारको लागि नवजिवन अस्पताल धनगढी लगिएकोमा सोही दिननै उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। स्कारपियो र स्कारपियो चालक बाँकेको कोहलपुर नगरपालिका–२ बस्ने ४३ को शेर बहादुर बिश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...