रानी–जमरा–कुलरिया सिँचाइ आयोजनालाई बजेटको खडेरी

काठमाडौँ । रानी–जमरा–कुलरिया सिँचाइ आयोजनामा पनि बजेट पर्याप्त नहुँदा प्रगति सन्तोषजनक छैन । ‘विश्व बैंकको ऋण सहयोगमा भएको काममा समस्या छैन,’ आयोजनाका सूचना अधिकारी दिनेश पौडेलले भने, ‘नेपाल सरकारको लगानीमा गर्नुपर्ने कैलालीतर्फ कर्णाली नदी नियन्त्रणको काम भने सोचे अनुरूप गर्न पाइएको छैन ।’

०६६/६७ सालमा सुरु भएको यो आयोजना सुरु सम्झौताअनुसार ०७४/७५ मा सकिनुपर्ने थियो । म्याद थपेर ०८५/८६ सम्ममा सक्ने भनिएको छ । यसको सुरु लागत अनुमान १२ अर्ब ३७ करोड रुपैयाँ थियो, अहिले संशोधन गरेर २९ अर्ब ५८ करोड रुपैयाँ पुर्‍याइएको छ । आयोजनाको प्रगति ७३ प्रतिशत छ ।

Navadurga sun

यो आयोजनाका लागि आर्थिक वर्ष ०७९/८० मा २ अर्ब ९० करोड विनियोजन गरिएको थियो । ०८०/८१ मा घटाएर २ अर्ब ६३ करोड छुट्याइएको थियो ।

चालु आर्थिक वर्षमा २ अर्ब ८२ करोड विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि बजेट सीमा २ अर्ब ४७ करोड रुपैयाँ मात्रै तोकिएको छ । यो आयोजनाबाट कैलालीको ३८ हजार ३ सय हेक्टर खेतीयोग्य जमिनमा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...