अछाम । नेकपा (एमाले) जिल्ला अधिवेशनले शिवप्रसाद उपाध्यायको नेतृत्वमा ८७ सदस्यीय नयाँ कमिटी निर्विरोध चयन गरेको छ । उपाध्याय हाल एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सचिवालय सदस्य थिए ।
नवौं जिल्ल्ला अधिवेशनको बन्दसत्रले कमिटीको उपाध्यक्षमा तिलक कुँवर, सचिवमा हिरण्ड भट्टराई, सहसचिवमा गौमती शाही र टोपबहादुर शाही निर्वाचित भएका छन् ।


जिल्ला कमिटीको सदस्यमा खुला, महिला र युवा दशवटै स्थानीय तहको प्रतिनिधित्व हुने गरेर ६७ जना, समावेशीतर्फको दलित, आदिवासी जनजाति, अल्पसंख्यक, अपाङ्गताबाट ११ जना जिल्ला कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।
बन्दसत्रले लक्ष्मीकुमारी बोगटीको संयोजकत्वमा चार सदस्यीय समिति पनि गठन गरिएको छ । जिल्ला अध्यक्षमा पदमा उपाध्यायसहित निवर्तमान अध्यक्ष चन्द्र बोहरा र सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व सदस्य बमबहादुर बिसीको पनि अन्तिमसम्म दावी रहेको थियो ।
नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई मंगलबार राति नै शपथ ग्रहण गराइएको छ । केन्द्रमा भीम रावलसँगको विवादले एमाले अछामको जिल्ला अधिवेशन लामो समयदेखि हुन सकेको थिएन ।

