कैलालीको माता पार्वती विद्यामन्दिरको बस दुर्घटना

धनगढी- कैलालीमा माता पार्वती विद्यामन्दिरको बस दुर्घटनामा परेको छ । घोडाघोडी नगरपालिका–४ जनकपुरमा रहेको माता पार्वती विद्यामन्दिरको से १ ख १०४२ नम्बरको बस दुर्घटनामा परेको हो ।

सोमवार बिहान विद्यार्थी लिन जाँदै गर्दा घोडाघोडी नगरपालिका–९, रतिपुरमा बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले बताएको छ । दुर्घटनाका कारण बसमा सवार चालक सहित चार जना सामान्य घाइते रहेको र बसको ढोका तर्फको झ्यालको सिसा फुटेको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

बस दुर्घटना हुँदा चालक धनगढी थिए

Dadeldhura hospital

विद्यालयको बस दुर्घटनामा परेको खबर पाएर घटना स्थल पुगेको प्रहरीलाई विद्यालयका सञ्चालक धर्मेन्द्र हमालले दिएको जानकारी अनुसार चालकको नाम मान बहादुर शाही रहेको छ । तर, मान बहादुर शाही धनगढीका स्थानीय भएको खुलेको छ । यता विद्यालयको बस दुर्घटनामा पर्दा मानबहादुर धनगढीमै रहेकाले बस दुर्घटनाका बारेमा उनलाई कुनै जानकारी नै छैन ।

मान बहादुर भन्छन् उनले भने, ‘धर्मेन्द्र मेरा भान्जा हुन। भान्जाले विद्यालय चलाउँदै छु भने पछि केही दिन पहिले मैले नै बस पठाइदिएको हुँ । म धनगढीमै छु । कहाँ घोडाघोडीमा गएर बस पल्टाउनु। अरू केही कुरा होला ।’

विद्यालयका एक जना शिक्षक आफैले बस चलाएको बताइएको छ। एक स्थानीयले भने, ‘हामीहरूले ती शिक्षकलाई गाली समेत गर्यौँ । धन्न विद्यार्थी नभएको मौका परेर ठुलो दुर्घटना हुन बाट बच्यो ।

विद्यार्थी भएको भए के हुन्थ्यो ? अझ बसले स्लिप खाएको कुरा गर्दै थिए । ती शिक्षक हामीले हप्काए पछि चुप लागेका थिए।’ उनका अनुसार ग्रामीण भेगमा चल्ने सवारी साधनमा समेत ट्राफिक प्रहरीले चासो दिन जरुरी रहेको बताए ।

Loading...