अछाम- अछामको साँफेबगर बजारमा रहेको हाटबजारमा शनिबार बिहान भएको आगलागीबाट पीडितलाई १० लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले आगलागी पीडितलाई आगलागीबाट पीडित भएकाहरूलाई तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।


शनिबार बिहान साँफेबगर नगरपालिका–३ मा रहेको हाटबजारमा विद्युत सर्ट भएर आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका थिए ।
स्थानीय प्रेम खड्काले सञ्चालन गरेको शुभेच्छा मःम सेन्टरमा विद्युत सर्ट भएर आगलागी भएको थियो । उक्त आगो जस्ता पाताले छाएका अन्य पसलमा समेत फैलिएको थियो । प्रहरीले सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा बिहान ६बजे मात्र आगो नियन्त्रणमा लिएको थियो ।

