कञ्चनपुरको शुक्लाफाँटाका २ हजार ५५२ किसान सूचीकृत

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका २ हजार ५५२ घरधुरीका किसानलाई सूचीकरण गरिएको छ। कृषि पेसा व्यवसायमा संलग्न किसानलाई उपलब्ध हुने अनुदान र सहायता प्राप्त गर्नका लागि किसानलाई सूचीकरण गरिएको हो ।

किसान सूचीकरण संकेत नम्बर भएका किसानलाई मात्रै अनुदान लगायतका कार्यक्रममा समावेश गरिने भएकाले सूचीकरणको कार्य अगाडि बढाइएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करन बुढाऐरले बताए । उनका अनुसार नगरपालिकाको– १, ११ र १२ मा किसान सूचीकरण गरिएको छ ।

udhok dadeldhura

जस अनुसार वडा नं. १ मा ४६८, वडा नं. ११ मा एक हजार २१ र वडा नं. १२ मा एक हजार ६३ गरी दुई हजार पाँच सय ५२ घरधुरीलाई सूचीकरण गरिएको छ ।

आगामी आवमा नगरपालिका– २, ३, ४, १० र ५ मा किसान सूचीकरण कार्य गरिने उनले बताए । कृषि विषय अध्ययन गर्ने अभ्यार्थीलाई परिचालन गरी सूचीकरण कार्य गरिएको उनको भनाइ रहेको छ ।  

‘सूचीकरणले किसान परिचयपत्र दिन सजिलो हुने, किसानलाई खेतीका आधारमा ठुलो सानो गरी वर्गीकरण सकिने र त्यही आधारमा अनुदानका कार्यक्रम सञ्चालन गर्न मद्दत पुग्छ,’ उनले भने, ‘सूचीकरणकै आधारमा आवश्यक बजेट विनियोजन गरी कार्यक्रम तर्जुमा गरी कार्यअगाडि बढाउन सकिन्छ ।’ रासस

Loading...