कञ्चनपुरको शुक्लाफाँटाका २ हजार ५५२ किसान सूचीकृत

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका २ हजार ५५२ घरधुरीका किसानलाई सूचीकरण गरिएको छ। कृषि पेसा व्यवसायमा संलग्न किसानलाई उपलब्ध हुने अनुदान र सहायता प्राप्त गर्नका लागि किसानलाई सूचीकरण गरिएको हो ।

Ganyapdhura gau

किसान सूचीकरण संकेत नम्बर भएका किसानलाई मात्रै अनुदान लगायतका कार्यक्रममा समावेश गरिने भएकाले सूचीकरणको कार्य अगाडि बढाइएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करन बुढाऐरले बताए । उनका अनुसार नगरपालिकाको– १, ११ र १२ मा किसान सूचीकरण गरिएको छ ।

Navadurga sun
Dadhaldhura pur

जस अनुसार वडा नं. १ मा ४६८, वडा नं. ११ मा एक हजार २१ र वडा नं. १२ मा एक हजार ६३ गरी दुई हजार पाँच सय ५२ घरधुरीलाई सूचीकरण गरिएको छ ।

आगामी आवमा नगरपालिका– २, ३, ४, १० र ५ मा किसान सूचीकरण कार्य गरिने उनले बताए । कृषि विषय अध्ययन गर्ने अभ्यार्थीलाई परिचालन गरी सूचीकरण कार्य गरिएको उनको भनाइ रहेको छ ।  

‘सूचीकरणले किसान परिचयपत्र दिन सजिलो हुने, किसानलाई खेतीका आधारमा ठुलो सानो गरी वर्गीकरण सकिने र त्यही आधारमा अनुदानका कार्यक्रम सञ्चालन गर्न मद्दत पुग्छ,’ उनले भने, ‘सूचीकरणकै आधारमा आवश्यक बजेट विनियोजन गरी कार्यक्रम तर्जुमा गरी कार्यअगाडि बढाउन सकिन्छ ।’ रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...