सुदूरपश्चिममा ४०१ जना हिमोफिलियायुक्त व्यक्ति रहेको तथ्यांक सार्वजनिक

धनगढी- सुदूरपश्चिम प्रदेशमा ४०१ जना हिमोफिलियायुक्त व्यक्ति रहेको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशले बिहीबार धनगढीमा आयोजित ३६औँ हिमोफिलिया दिवसको शुभकामना आदानप्रदान कार्यक्रममा सो तथ्यांक प्रस्तुत गरिएको हो ।

रगतसम्बन्धी रोग हिमोफेलिया बारे सचेतना जगाउने उद्देश्यका साथ हरेक वर्ष अप्रिल १७ तारिखमा यो दिवस मनाइन्छ । सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश धनगढीको सहयोग र नेपाल हिमोफिलिया सोसाइटी नेपाल धनगढीसँगको समन्वयमा दिवस मनाइएको हो ।

Navadurga sun

अपाङ्ग महासंघ सुदूरपश्चिमका अध्यक्ष मानबहादुर साउँदले राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ४ हजार ९३७ जना हिमोफिलियायुक्त व्यक्ति रहेको जानकारी दिए । ती मध्ये सुदूरपश्चिममा ४०१ जना हिमोफिलियायुक्त व्यक्ति छन् ।

अध्यक्ष साउँदले हिमोफिलियायुक्तलाई रगत रोक्नका लागि चाहिने फ्याक्टर नहुँदा निकै समस्या भएको बताए । स्थानीयस्तरमै हिमोफिलियायुक्त व्यक्तिका लागि एन्टी फ्याक्टरको व्यवस्था गरिनुपर्ने उनको माग छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिमकी संयोजक पृया खड्काले सुदूरपश्चिमका ९ जिल्लाका १८ वटा पालिकामा हिमोफिलियायुक्त व्यक्तिको तथ्यांक संकलन भइरहेको बताइन् ।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य नृपबहादुर सुनारले १८ पालिकामा मात्रै नभई प्रदेश ८८ वटै स्थानीय तहमा तथ्यांक संकलन गर्नुपर्ने बताए। उनले त्यसका लागि प्रदेश नीति तथा योजना आयोग र आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले हिमोफिलियायुक्त व्यक्तिको उपचार यहाँका अस्पतालमा निःशुल्क रूपमा हुनुपर्ने बताए ।

यस्तै, प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्रका कार्यालय प्रमुख हेमराज खड्काले हिमोफिलियायुक्त व्यक्ति पत्ता लगाउन थप स्क्रिनिङ गर्नुपर्ने बताए । उनले हिमोफेलिया बारे सचेतना जगाउन आवश्यक रहेको पनि औंल्याए ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरतबहादुर शाहले पत्रकाहरूले उपचार पद्धतिका बारे मुद्दा उठाउने बताए। नेपाल प्रेस युनियन सुदूरपश्चिमका अध्यक्ष मनमोहन स्वाँरले अपांगता भएका व्यक्तिहरूको बारे एकीकृत ढंगबाट योजना बनाउनुपर्नेमा जोड दिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...