कैलालीमा नहरमा डुबेर बालिका बेपत्ता

कैलालीमा नहरमा डुबेर एक बालिका बेपत्ता भएकी छन् ।

जिल्लाको लम्कीचुहा नगरपालिका–३ बल्चौर बस्ने दिर्घ वादीकी ९ वर्षीया छोरी खुसी वादी बेपत्ता भएकी प्रहरीले जनाएको छ ।

उनि बल्चौर स्थित रानीजमरा कुलरिया सिचाई आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी जनाइएको छ ।

उनको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

Loading...