बैतडीको पाटन नगरपालिकामा शोक बिदा

बैतडी- बैतडीको पाटन नगरपालिकाले यही चैत्र ३१ गते (आइतबार) शोक बिदा दिएको छ । पाटन नगरपालिका अन्तर्गत पशुपन्छि सेवा शाखामा कार्यालय सहयोगी पदमा कार्यरत मनिराम बिष्टको निधन भएकाले आइतबार शोक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

बिष्टको चैत २८ गते असामयिक निधन भएको थियो । आइतबार नगरपालिका मातहतका सबै सरकारी कार्यालयहरूमा शोक बिदा रहेको नगरपालिकाको सूचनामा उल्लेख गरिएको छ ।

Loading...