धनगढीमा सुदूरपश्चिम प्रदेश कराते प्रतियोगिता सुरु

धनगढी- सुदूरपश्चिम प्रदेश कराते महासंघको आयोजनामा आज देखि धनगढीमा ‘प्रथम सुदूरपश्चिम प्रदेश कराते प्रतियोगिता २०८१’ सुरु भएको छ । प्रतियोगिताको उद्‌घाटन सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले गरेका छन् । सुदूरपश्चिमका नौ वटै जिल्लाबाट सहभागी ७०० खेलाडी तथा प्रशिक्षक र निर्णायक सहित झण्डै ८०० जनाको उपस्थिति रहेको प्रतियोगिता भोलि २९ गते सम्म सञ्चालन हुनेछ ।

उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकार सीमित बजेटका बाबजुद पनि खेलकुद क्षेत्रमा लगानी बढाउँदै गएको उल्लेख गरे । उनले खेलकुदको विकास र प्रोत्साहनमा प्रदेश सरकार दृढ रहेको पनि बताए । समारोहमा कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष तथा अन्तर्राष्ट्रिय कराते खेलाडी ललित खत्रीलाई उत्कृष्ट पुरुष खेलाडी र अन्तर्राष्ट्रिय कराते खेलाडी वर्षा साउँदलाई उत्कृष्ट महिला खेलाडी घोषित गरिएको छ । 

त्यस्तै, बबरजङ्ग शाहीलाई उत्कृष्ट स्वयंसेवक प्रशिक्षकको रूपमा सम्मान गरिएको थियो भने कर्ण बहादुर चन्दलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । 

Loading...