निःशुल्क ६ महिने विभिन्न तालिमहरु सम्पन्न

अत्तरिया- कैलालीको धनगढीमा संचालित विभिन्न तालिमहरु सम्पन्न भएकाे छ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र धनगढी कैलालीले संचालन गरेको निःशुल्क ६ महिने कटाइ सिलाइ, व्युटिसियन, प्लम्बिङ्ग र मोटरसाइकल मर्मत तालिम  मंगलबार एक कार्यक्रमका बिच सम्पन्न गरिएको हो । 

उक्त समापन कार्यक्रममा तालिम केन्द्रका केन्द्र प्रमुख भुवन राज पन्तको सभाध्यक्षमा भएको कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका सचिव डा.हेमराज रेग्मी रहेका थिए । त्यस्तै अतिथिहरुमा केन्द्रका लेखा अधिकृत रमेश बहादुर शाह लगायत प्रशिक्षक, कर्मचारी, प्रशिक्षार्थीहरुको सहभागिता रहेकाे थियो । 

त्यस्तै प्रमुख अतिथि रेग्मीले तपाईहरुले सिकेका सीपहरुको स्वरोजगारको माध्यमबाट अगाडि बढाउन सकिने बताए । सीप सिकेर आफूले अरुलाई पनि सिकाएर आम्दानीको स्राेत जुटाउन समेत सकिने बताउनु भयो । सिप सिक्नु भएकोमा सबैलाई धन्यावद ज्ञापन समेत दिएका थिए । 

त्यस्तै कार्यक्रममा बाेल्नु हुँदै तालिम केन्द्रका प्रमुख पन्तले मन्त्रालयको सहकार्यमा सीप परीक्षण हुने बताए । केन्द्र संचालित तालिम र केही बाहिर फिल्डमा संचालित तालिमहरुको सीप परीक्षणको गराइने कुरा जानकारी दिनु भयो । तालिम लिएर प्रमाण पत्र हाँसिल गरेकाहरूलाई बधाइ तथा शुभकामना व्यक्त गरेका हुन् । समाज रूपान्तरणसँगै जीवन स्तरमा सुधार ल्याउनका लागि विभिन्न प्रकारका सीप मूलक तालिम तथा व्यवसायिक तालिमहरूलाई निरन्तरता दिइने बताए ।

तालिम लिएका सहभागिहरुले  यस्तो किसिमको तालिम सिक्ने अवसर पाएर हामीहरुले धेरै कुराका बारेमा जानकारी हासिल गर्न सफल भएकाे बताएका थिए । त्यस्तै उक्त समापन कार्यक्रममा स्वागत मन्तब्य तालिम केन्द्रका प्रशिक्षक धन बहादुर चौधरीले गरेका थिए भने कार्यक्रमको संचालन केन्द्र प्रशिक्षक टीकाराम श्रेष्ठले गरेका थिए ।

Loading...