

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जना निलम्बनमा परेका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले संस्थाको आधारभूत मान्यतालाई नमानेको भन्दै अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र पठाएर उनीहरुलाई निलम्बन गरेको हो ।




अध्यक्ष नेपाल सहित विनोद कुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिनालाई निलम्बनमा परेको आइएफआरसीले जनाएको छ ।


संस्थाको आधारभूत मान्यतालाई नमानेको, सामान्य सिद्दान्तहरु परिपालना नगरेको , प्रशासनिक अराजकता निम्त्याएको, राजनीतिक आडमा आर्थिक लाभ लिएको उनीहरुमाथि आरोप लागेको छ ।

