

काठमाडौं । नेपालमा आज पनि पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।




कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


देशका अधिकांश भू-भागहरूमा तापक्रम वृद्दी हुँदै जाने सम्भावना रहेको छ । वर्षाको सम्भावना कम रहेको छ । जसका कारण सुख्खापन, आगोलागी तथा वायू प्रदुषण बढ्दै जाने सम्भावना रहेकोले सतर्क रहन सचेत गराइएको छ।

