प्रदेशस्तरीय अन्तर पालिका महिला भलिबलमा चुरे गाउँपालिका प्रथम स्थान हासिल गर्न सफल 

अत्तरिया- द्वारिकादेवी ठकुरानी स्मृति प्रदेश अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगितामा चुरे गाउँपालिकाले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

उक्त खेल प्रशिक्षक दीपेन्द्र मलासी, व्यवस्थापक र खेलाडीहरूलाई  प्रोत्साहन स्वरुप चुरे गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीले चुरेका टिम, प्रशिक्षक, व्यवस्थापक र खेलाडीहरूलाई  ५–५ हजारका दरले  १५ जना खेलाडी लाई ७५ हजार दिएका हुन् ।

त्यस्तै महिला  सुदूरपश्चिम टिममा खेलेकी रीमा रोका मगरलाई वार्षिक ५० हजार दिने घोषणा गाउँपालिका अध्यक्ष बोगटी गर्नु भयो ।

Loading...