अनलाइनबाट विद्युत महशुल तिर्दा थप शुल्क लाग्ने





काठमाडौं- नेपाल विद्युत प्राधिकरणले अनलाइनबाट महशुल भुक्तानी गर्दा थप सेवा शुल्क लाग्ने व्यवस्था गरेको छ । ५ सय रुपैयाँ सम्मको बिजुलीको महशुल भुक्तानी गर्दा शुल्क नलाग्ने तर, ५ सय १ रुपैयाँ भन्दा माथि ५ लाख सम्मको बिल भुक्तानीमा प्रतिकारोबार ५ रुपैयाँ सेवा शुल्क लाग्ने प्रस्ताव गरेको हो ।



यसअघि प्राधिकरणले अनलाइन भुक्तानीमा कुनै पनि शुल्क लिन सेवा प्रदायकलाई अनुमति नदिइएको भए पनि सेवा प्रदायकले शुल्क उठाउन पाउनुपर्ने माग गर्दै आएका थिए । प्राधिकरणले अब भुक्तानी सेवा प्रदायकलाई अनलाइन भुक्तानी बापत शुल्क उठाउन अनुमति दिने भएको छ । यसले उपभोक्तालाई अनलाइन भुक्तानी गर्न निरुत्साहित गर्ने जोखिम हुने प्राधिकरणका अधिकारीहरु नै बताउँछन् ।


प्राधिकरणले एक सूचना जारी गर्दै यस्तो सेवा शुल्कको शर्त पालना गर्ने गरी बिजुलीको बिल भुक्तानी गर्ने सेवा प्रदायकका रुपमा छनोट हुन प्रस्ताव आह्वान गरेको छ । प्राधिकरणले प्रतिकारोबार ५ रूपैयाँ प्रस्ताव गरेपनि कम्पाीले सो भन्दा कम सेवा शुल्क प्रस्ताव गर्न सक्नेछन् ।



