सुदूरपश्चिममा पठाउने मन्त्रीको नाम टुङ्ग्याउने जिम्मा अध्यक्ष श्रेष्ठलाई

धनगढी-  नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारमा पठाउने मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मा पार्टी अध्यक्षलाई दिएको छ ।

आर्थिक लेनदेनसम्बन्धी अडियो बाहिरिएपछि विवादमा परेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरीको राजीनामा पछि बसेको बैठकले मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई दिएको हो ।

Navadurga sun

बैठकमा सहभागी टीकापुर नगरपालिकाका मेयर समेत रहेका रामलाल थारू डगौराले मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मा पार्टी अध्यक्षलाई दिइएको जानकारी दिए ।

उनका अनुसार प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको बैठकमा पार्टी अध्यक्ष श्रेष्ठ, पार्टीका संरक्षक रेशमलाल चौधरी, प्रतिनिधिसभा सबै सांसद, प्रदेश सभाका लक्ष्मण किशोर चौधरी बाहेकका सांसदको सहभागिता रहेको थियो ।
बैठकले सरकारमा सहभागी नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले आफ्नो दललाई सम्मानजनक व्यवहार नगरेको कुरा समेत उठेको चौधरी बताउँछन् ।

दिगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि आफू अनुकूल बनाएर आर्थिक लाभ लिन सकिने योजना बनाएको अडियो सार्वजनिक भएपछि वनमन्त्री लक्ष्मण किशोर चौधरीले शनिबार पदबाट राजीनामा दिएका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...