भाटभटेनी लुटपाट गर्ने सबै कोटेश्वर क्षेत्रका बासिन्दा, एक भारतीय नागरिक

कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न ९ जना पक्राउ

काठमाडौँ- प्रहरीले चैत १५ गते कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न ९ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार गएको शुक्रबार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईको नेतृत्वमा पूर्वराजाका समर्थक समूह सहितको संयुक्त आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड गरेपश्चात् लुटपाटमा संलग्न भइ फरार व्यक्तिलाई खोजतलास गरि काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको छ ।

Ganyapdhura gau

भाटभटेनी सुपरमार्केटबाट ब्ल्याक लेबल मदिरा एक थान, ज्याक ड्यानिल मदिरा एक थान सहित स्थायी घर धनुषा भइ हाल काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ कोटेश्वर बस्ने आशिष सिंह पक्राउ परेका छन् । स्थायी घर सर्लाही भइ हाल काठमाडौं कोटेश्वर बस्ने प्रेम कुमार महतो बियरको खाली बोतल चार थान सहित पक्राउ परेका छन् ।

Navadurga sun
Dadhaldhura pur

त्यसैगरी स्थायी घर भारतको बिहार राज्य पटना हाजिपुर भइ हाल काठमाडौँको कोटेश्वर बस्ने रवि रञ्जनकुमार यार्सागुम्बा ब्राण्डको मदिरा एक थान सहित पक्राउ परेका छन् । स्थायी घर नुवाकोट भइ हाल कोटेश्वर बस्ने सुशीला कुमाल हाफ् पाइन्ट ११ थान र ट्राउजर एक थान सहित पक्राउ परेका छन् ।

स्थायी घर धरान भइ हाल काठमाडौँ कोटेश्वर बस्ने एलिसा राई एक थान ट्रे, एक थान क्यारेट सहित, स्थायी घर कोटेश्वरका बालकुमारी कार्की एक थान क्यारेट सहित, स्थायी घर सिन्धुपाल्चोक भइ हाल कोटेश्वर बस्ने निर्मला कार्की फलफूलसहित पक्राउ परेका छन् ।

स्थायी घर सिन्धुली भइ हाल कोटेश्वर बस्ने चित्र माया बस्नेत र सुस्मिता बराल लिपस्टिक ६९ थान, ऐना एक थान, गाजल २१ थान र अन्य सामान १२ थान सहित पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरूलाई पक्राउ गरि थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...