प्रधानमन्त्री ओलीले दिए प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई दिएका छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीले उनको सरकारी निवास बालुवाटारमा बोलाएर चौतारीको नयाँ नेतृत्वलाई बधाई दिएका हुन् ।

उनले सर्वसम्मतरुपमा नयाँ कमिटी चयन हुनुले राम्रो सन्देश दिएको बताउँदै अब व्यवसायिक, वैचारिक र साङ्गठनिक काममा सक्रिय हुन आग्रह गरे ।

Navadurga sun

यही चैत १० देखि १२ गतेसम्म विराटनगरमा भएको चौतारीको दशौं राष्ट्रिय महाधिवेशनबाट गणेश पाण्डेको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन भएको थियो ।

अध्यक्ष ओलीले चौतारीको नेतृत्व चयनका सन्दर्भमा आकाङ्क्षीहरुले आफूसँग भेट गरे पनि आफूले कसैलाई कुनै पदमा राख्नु भनेर नतोकेको दाबी गर्दै महाधिवेशनले सहमतिका साथ नेतृत्व चयन गरोस् भन्ने कामना मात्रै राखेको स्मरण गरे ।

प्रधानमन्त्री ओलीले झुठबाहेक केही नबोल्ने र अरुलाई आरोप लगाउनेहरुबाट बचेर देशको समृद्धि र सामाजिक सद्भाव एवं एकताका लागि सञ्चार क्षेत्रबाट योगदान दिनुपर्नेमा जोड दिए ।

उनले सामाजिक सञ्जालको सही सदुपयोग गर्दै साम्प्रदायिक, जातीय, भाषिक, क्षेत्रीय र लैङ्गिकताका नाममा सङ्गठनभित्र कुनै पनि प्रकारको रोग (भाइरस) छिर्न नदिन निर्देशन दिए ।

भेटका अवसरमा चौतारीका नवनिर्वाचित अध्यक्ष पाण्डे, निवर्तमान अध्यक्ष गणेश बस्नेत, पूर्वअध्यक्ष राजेन्द्र अर्याल, नेता विश्वमणि सुवेदीलगायत सहभागी थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...