अछाममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

अछाम- अछाममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल अनियन्त्रित भएर सडकबाट तल खस्दा चालक मंगलसेन नगरपालिका- १ कुन्तीका २० वर्षीय जीवन थापाको मृत्यु भएको हो ।

जीवनको जिल्ला अस्पताल अछाममा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार रहेका सोही वडाका १७ वर्षीय चेतन थापा घाइते भएका छन् । उनको हात लगायतमा चोट लागेको र वयलपाटा अस्पतालमा उपचार भइरहेको छ ।

अछाम सदरमुकाम मंगलसेनमा रहेको जिल्ला अस्पतालनजिक से ७ प १४६९ को नम्बरको मोटरसाइकल दुर्घटना भएको अछाम प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल सडकभन्दा ३५ मिटर तल अर्को सडक घुम्तीमा पुगेको बताइएको छ ।

Loading...