युवतीलाई गर्भवती बनाएको अभियोगमा बृद्ध पक्राउ

Dadeldhura hospital

अत्तरिया- कैलालीमा १९ वर्षीया एक युवतीलाई जबरजस्तीकरणी गरेर गर्भवती बनाएको अभियोगमा एक जना बृद्ध पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका वडा नं. ४ का ६० वर्षीय बृद्ध ठ्याउके दमाईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका निमित्त प्रमुख प्रहरी निरीक्षक अरुण बमले पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा दमाईलाई पक्राउ गरेर अनुसन्धान भइरहेको बताए ।

Loading...