गेटा अस्पतालको नयाँ निर्देशकमा डा. यादव नियुक्त

कैलालीको गेटा अस्पतालमा वरिष्ठ कन्सल्टेन्ट डा. प्रमोद कुमार यादवलाई नयाँ निर्देशकका रूपमा नियुक्त गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार उनलाई नेतृत्वको जिम्मेवारी दिइएको हो ।

Dadeldhura hospital

यस अघि अस्पतालको निर्देशक डा. अशोक श्रीपाईली थिए । तर, नियुक्त भएको तीन महिनामै उनले राजीनामा दिएपछि अस्पताल दुई महिना देखि नेतृत्वविहीन अवस्थामा थियो ।

Godawari sandesh
Navadurga sun

डा. यादव यस अघि जनकपुर प्रादेशिक अस्पताल र ट्रमा सेन्टरको निर्देशकका रूपमा कार्य गरिसकेका अनुभवी चिकित्सक हुन् । उनको नेतृत्वमा गेटा अस्पतालको सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ ।

सरकारले गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा विकास गर्ने निर्णय गरिसकेको छ। हाल विश्वविद्यालय संरचनाबिना नै ५० शय्याको अस्पताल सञ्चालनमा रहेको छ । गेटा अस्पताल २०८० कार्तिक १ गतेदेखि सञ्चालनमा आएको हो, जसयता दुई जना निर्देशक फेरिएका छन् ।

Loading...