



अत्तरिया- कैलालीको चुरेमा आधारभूत तह कक्षा ८ को परीक्षा आइतबारबाट सुरु भएको छ । स्थानीय तहबाट सञ्चालन हुने आधारभुत तह (कक्षा ८) उत्तीर्ण परीक्षा चुरेमा पनि सुरु भएको हो । परीक्षामा ४ सय ७५ जना विद्यार्थीहरु सहभागी रहेका छन् ।


परीक्षाको अनुगमन गर्दै मर्यादित बनाउन गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीले निर्देशन दिएका छन् । परीक्षा शुभारम्भ सँगै गाउँपालिका अध्यक्ष बोगटी सहित शिक्षा शाखाका कर्मचारीहरूले अनुगमन गरेका थिए ।

