अछाममा चट्याङ लाग्दा ५ बाख्रा मरे

अछाम- अछाममा चट्याङ लाग्दा ५ वटा बाख्रा मरेका छन् । जिल्लाको मिल्लेख गाउँपालिका–२ डाँडाश्री बस्ने परेक बुढाका ३० बाख्रामध्ये ५ वटा बाख्रा मरेका हुन् । 

आइतबार सुगन जंगलमा बाख्रा चराउने क्रममा एक्कासी चट्याङ पर्दा उनका ३० वटा बाख्रा मध्ये ५ वटा बाख्रा सोही जंगलमा मरेका प्रहरीले जनाएको छ । अन्य २५ वटा बाख्रा भने सकुशल रहेका जनाइएको छ ।

Loading...