आज सुनचाँदीको मूल्य कति ? 

काठमाडौं- साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य घटेको छ । यस अघि शुक्रबार रेकर्ड मूल्य कायम गरेको सुन आइतबार ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ७४ हजार ५०० रुपैयाँ पुगेको थियो । जुन मूल्य इतिहासकै उच्च हो ।

यस्तै, आइतबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार तोलाको दुई हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार तोलामा ५ रुपैयाँले घटेर दुई हजार ४५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading...