

अछाम– अछामको मंगलसेन नगरपालिका–८, ओलिगाउँ सुतुडा मा माटो खन्ने क्रममा ढिस्को खस्दा दुई महिलाको निधन भएको छ ।




सोमबार दिउँसो स्थानीय रातिमाटे भन्ने ठाउँमा माटो निकाल्ने क्रममा अचानक माथि माटोको ढिस्को खस्दा उनीहरू पुरिएको घटनास्थलमा रहेका स्वास्थ्यकर्मी पुष्प बोहराले जानकारी दिए ।


मृत्यु हुनेमा स्थानीय देउरुपा बोहरा र विनिता बोहरा (अन्दाजी ३०–३५ वर्ष) रहेका छन् । उनीहरु जेठानी देउरानी रहेको जनाएको छ ।
घटनापछि स्थानीयबासी उद्दार कार्यमा जुटेका छन् भने प्रहरीलाई पनि खबर गरिएको छ । चैते दशैंको समयमा घर लिपपोत गर्नका लागि सो क्षेत्रका महिलाहरू नियमित रूपमा रातो माटो खन्न जाने गरेका थिए ।

