बैतडीमा मालवाहक गाडी दुर्घटना

बैतडी- बैतडीको सुर्नया गाउँपालिका–७ नाँचनथलीहासनथलीको बीचमा मालवाहक गाडी दुर्घटनामा परेको छ । धनगढीबाट बझाङ जाँदै गरेको सु.प.प्र ०१००१ ख २९८४ नम्बरको मिनी ट्रक सोमबार बिहान दुर्घटनाग्रस्त भएको हो ।

अस्थायी प्रहरी चौकी ढोल्यामोडका इन्चार्ज, वरिष्ठ हवलदार आनन्द विष्टका अनुसार उक्त गाडी बिहान करिब ८ बजे दुर्घटनामा परेको अनुमान गरिएको छ । दुर्घटनाबारे प्रहरीलाई ८ः१५ बजे खबर प्राप्त भएको थियो ।

गाडीमा चालक, सहचालक र एक जना यात्रु सवार रहेकोमा तीनैजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । दुर्घटनामा परेका चालक जनक बोहरा, सहचालक राजेन्द्र बोहरा, तथा धनगढी उपमहानगरपालिका निवासी करिब २४/२५ वर्षीय अनिल चौधरी रहेका छन् ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको ढोल्यामोड अस्थायी प्रहरी पोस्टले जनाएको छ । प्रारम्भिक विवरण अनुसार, गाडी करिब १०० मिटर तल खसेको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Loading...